सुर्खेत-नेपालगञ्ज सडक अवरुद्ध

सुर्खेत । अविरल वर्षाका कारण सुर्खेत–नेपालगञ्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध भएको छ। छिन्चु–कोहलपुर खण्डको दुइ ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् एसपी माधवप्रसाद श्रेष्ठले पहिरोले सडक अवरुद्ध भएपछि यातायात बन्द भएको जानकारी दिए।

उनका अनुसार हर्रे र देउरालीमा पहिरो गएको छ। पहिरो हटाउन सडक विभागको डोजर परिचालन गरिएको प्रवक्ता श्रेष्ठले बताए । (सत्यपाटी )

Translate »