आचार्यले लिए मुख्यमन्त्रीको शपथ

मोरङ — प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।

आचार्य केहीबेर अघि एमाले संसदीय दलको नेता चुनिएलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् । (कान्तिपुर)

Translate »