एमालेका पूर्वघोषित कार्यक्रम स्थगन

सुर्खेत । नेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरू स्थगन गरेको छ । मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरू स्थगन गरेको हो ।

प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले अर्को सूचना नभएसम्मका लागि पूर्वघोषित कार्यक्रमहरू स्थगन गरिएको जानकारी दिए । यही भदौ ३ गते बसेको प्रदेश कमिटीको बैठकले भदौ १० देखि २१ गतेसम्म जिल्ला कमिटीका बैठक सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

लामो समय पार्टी बैठकमा सहभागी नभएका स्थायी कमिटीका सदस्यहरूसमेत सहभागी बैठकले १० बुँदे सहमति कार्यान्वयनको कार्यतालिका बनाएपछि एमालेका तल्ला कमिटीले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगन गरेका हुन् । (रासस)

 

Translate »