आज मेरो देश रोएको छ

(कविता)

आज मेरो देश रोएको छ
साँच्चिकै मेरो देश आज रोएको छ ।
शायद ! त्यहीं आँशुले मेरो मन छोएको छ ।
आमा रुदै भन्छिन्, एउटा छोरा प्रदेश गएको छ ।
अर्को कुपुतलाई म, घाँडो भएको छ ।
शायद ! त्यसैले मेरो मन विचलित भएको छ ।
यसको फाईदा छिमेकीले उठाएको छ ।
केही भन्दा ठूला–ठूला आँखा देखाएको छ ।
साँच्चिकै मेरो देश आज रोएको छ ।
प्रदेशी छोरा न घर आएको छ ।
मलाई पल–पल उसकै यादले सताएको छ ।
आज सम्म सुतेका मेरा सच्चा सपुत हो ।
जाग, उठेर अब यो देशमा केही गर्ने बेला भएको छ ।।

नेता भन्छन्
नेता, भन्छन् यो देशमा धेरै कुरा पाएका छौं ।
दलाली गर्दागर्दै विदेशी प्रभुलाई घरमै छिराएका छौं ।
हाम्रा पुर्खाले आर्जिएको स्वाभिमान गुमाएका छौं ।
हामी र हाम्रा मान्छेले अकुत सम्पत्ती कमाएका छौं ।
जनता खान नपाई भोकले मरेपनि के भो ?
हामी र हाम्रा मान्छेले भ्रष्टाचार गरेपनि के भो ?
यो देशै बेचेर पनि जनताका हात केरा थमाएका छौं ।
यहाँ बस्न नपाए के हुन्छ र ?
हामीले विदेशमै घर बनाएका छौं ।

-सुरज प्रसाद सापकोटा (सागर)
पनौती नगरपालिका-२, काभ्रेपलाञ्चोक घर भई हाल वैदेशिक रोजगारीका लागि कतारको सनैयामा ।

Translate »