एकताको सन्देश दिँदै सामूहिक तस्बिर सार्वजनिक गर्‍यो एमालेले

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । पूर्व माओवादीका नेता र माधवकुमार नेपालका केही नेताहरुको सहभागिता रहेको सो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकपछि एकताको सन्देश दिन सामूहिक तस्बिर पनि लिइएको छ । तस्बिरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावललाई देख्न सकिन्छ । उनीहरू दुवै माधव नेपालबाट अलग भएका हुन् ।

तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् ।

नेता नेपालले हिजोदेखि चन्द्रागिरि रिसोर्टमा छुट्टै भेला गरेको बेला एमालेले उक्त तस्बिर सार्वजनिक गरेको छ ।

Translate »