ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

पेट्रोल प्रतिलिटर १३० रुपैयाँ

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको जनाउँदै यहाँ पनि मूल्य बढाउने निर्णय गरेको हो ।

एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १४ सय ५० रुपैयाँ पुर्‍याइएको छ ।

‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार सबै इन्धनको मूल्य वृद्धि गरिएको हो । स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्दा यहाँ पनि बढेको हो,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, ‘साविक मूल्यमा २ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल १ सय १३ र र मट्टितेल ८६ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलो लिटर अमेरिकी डलर १६ रुपैयाँ वृद्धि भई प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम गरिएको छ ।’

मूल्य समायोजनपछि १५ दिनको घाटा ९६ करोड रुपैयाँ हुने निगमको दाबी छ ।

Translate »