लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी

८ भदौ, बुटवल । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । प्यूठान बिजुटारटारीका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोगमा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका बेला मुख्य न्यायाधिवक्ता रहेका ठाकुरप्रसाद डीसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।

Translate »