ट्याक खुलेको दुई दशक बिते पनि स्तरोन्नति भएन सल्ली चौरजहारी सडक

दीपक शर्मा / सल्यान । सल्यानको सल्ली बजारदेखि रुकुम पश्चिम जोडने सडक खण्ड सुचारु भएको करिब २० वर्ष पुग्दा समेत अझै सडक स्तरोन्नति हुन सकेको छैन ।

ट्र्याक खुलेको दुई दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा दुई जिल्ला जोडने याुत्रबहाक तथा मालवाहक सवारीका साधनहरू जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

 

करिब ४० किलोमिटरको दुरीमा रहेको चौरजहारी सल्ली सडक खण्ड वर्षा यामको समयमा अवरुद्ध हुने भएपछि यस क्षेत्रका स्थानीयहरूले जाजरकोटबाट ६२ किलोमिटरको दुरीमा रहेको सडक प्रयोग गर्न बाध्य भएका हुन ।

सडक बाटो नियमित सुचारु नहुँदा र सडकको स्तरोन्नति नहुँदा रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका बिरामीहरूको ज्यान समेत जोखिममा पर्ने गरेको स्थानीय आशिष आचार्यले बताए ।

कुमाख गाउँपालिका सल्यान, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, चौरजहारीका व्यापार व्यवसायीले लाखौँ रकम खर्च गरे पनि सडक बाह्रै महिना चल्न नसक्ने भएको चौरजहारी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तेज बहादुर विष्टले बताए ।

सल्ली चौरजहारी सडक जोखिमयुक्त हुँदा कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित सल्यान वनगाड कुपिन्डेका ११ जना यूवा चौरजहारीको आइसोलेसनमा उपचार गर्न आउनको लागि करिब ६ घण्टाको पैदल हिँडेर पुगेका थिए ।

सल्यान थारमारे बडागाउँ चौरजहारी सडक खण्ड पनि वर्षातका कारण अवरुद्ध बनेको छ ।

रुकुम पश्चिमलाई जोड्ने दुई वटै बाटो अवरुद्ध हुँदा स्थानीयवासी यातायातको सेवाकाट वञ्चित भएका छन् ।

थारेमारे सडक स्तरन्नतीका लागि ९ किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको र बाँकी सडकका लागि पनि ठेक्का प्रक्रियामा पुगेको कर्णाली प्रदेश सकारले जनाएको छ । (रेडियो नेपाल)

Translate »