नेपालमै मोबाइल एसेम्बलिङ गर्न अध्ययन शुरू

भदौ ७,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नेपालमै मोबाइल एसेम्बलिङका लागि सम्भाव्यता अध्ययन शुरू गरेको छ । विदेशबाट वार्षिक अर्बौंको मोबाइल फोन आयात भइरहँदा त्यसको विकल्पमा नेपालमै एसेम्बिलिङ गरी व्यापारघाटा कम गर्न सकिने अध्ययन प्राधिकरणले गरेको हो ।

कोभिड–१९ संक्रमणपछि नेपालमा मोबाइल फोनको आयात ह्वात्तै बढेको छ । नेपाल मोबाइल फोन एशोसिएशन अफ नेपालका अनुसार गत आर्थिक वर्ष २०७७ / ७८ मा मात्रै नेपालमा करीब रू. ३७ अर्बको ४० लाखभन्दा बढी सेट मोबाइल फोन आयात भएको छ । आयात ह्वात्तै बढेपछि यस सम्बन्धमा अध्ययन गर्न प्राधिकरणले प्राधिकरणका प्रवक्ता तथा मानकीकरण विभागका निर्देशक मीनप्रसाद अर्यालको नेतृत्वमा ७ सदस्यीय वर्किङ कमिटी बनाएको छ ।

उक्त कमिटीले नेपालमा मोबाइल फोन एसेम्बिलिङ र रिफर्बिर्सिङबारे अध्ययन गरेको हो । एसेम्बिलिङ भन्नाले पाट्र्स ल्याएर नेपालमै मोबाइल बनाउनु हो भने रिफर्बिसिङ भनेको बिग्रिएका पुराना मोबाइललाई मर्मतसम्भार गरी नयाँ बनाउनु हो । उक्त समितिले मोबाइल फोन आयातकर्ता तथा उद्योगीलाई आवश्यक सहजीकरण गरी नेपालमा मोबाइल फोन उत्पादन तथा रिफर्बिसिङ गर्न सकिने सुझाव दिएको छ । यद्यपि यो अध्ययनको पहिलो ड्राफ्ट हो । प्राधिकरणले आगामी दिनमा उद्योगीसँग सम्वन्वय गरेर विस्तृत सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले करमा के सहजीकरण गर्न सकिन्छ, उद्योग स्थापना कसरी गर्न सकिन्छ, कति मोबाइल आउँछ, कति जनशक्ति चाहिन्छ, कति फोनलाई नेपालमै एसेम्बिलिङ तथा रिफर्बिसिङ गर्न सकिन्छ र एसेम्बिलिङका सम्भावना र चुनौतीहरू के छन् भन्ने विषयमा अध्ययन शुरू गरेको बताए ।

उनले भने, ‘प्रतिवेदनले विस्तृत अध्ययन अगाडि बढाएको छ ।’ प्राधिकरणले एसेम्बिलिङको अध्ययन शुरू गरे तापनि व्यवसायीहरू भने एसेम्बिलिङको पक्षमा छैनन् । हाल नेपालमा मोबाइल आयात गर्दा १३ प्रतिशत भ्याटबाहेक २ दशमलव ५ प्रतिशत एक्साइज कर लाग्ने गरेकोमा अन्य भन्सार कर लाग्ने गरेको छैन । पाट्र्स आयात गर्दा पनि ५ प्रतिशत भन्सार तिर्नैपर्नेमा कर यहाँ एसेम्बिलिङ गर्दा आयात भन्दा महँगो पर्न जाने व्यवसायीहरू बताउँछन् यस कारण पनि व्यवसायीहरू नेपालमा मोबाइल फोन एसेम्बिलिङको पक्षमा भने छैनन् । पाट्र्स आयात, उद्योगमा लगानी, जनशक्ति, बजारको अभावलगायत विभिन्न कारणले नेपालमा मोबाइलको एसेम्बिलिङ उद्योग सम्भव नभएको नेपाल मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राको भनाइ छ । भारतमा सबै फोन उत्पादन हुने भएकाले नेपालको बजार हेरेर पनि बा≈य उद्योगीले एसेम्बिलिङका लागि नेपालमा लगानी नगर्ने उनी बताउँछन् । (आर्थिक अभियान)

Translate »