ल्वाङ खानुका फाईदा नै फाईदा

एजेन्सी । ल्वाङ हामीले प्राय दिनहुँ प्रयोग गर्ने मसला हो । प्राय भान्सामा मात्र प्रयोग गरिने ल्वाङ औषधीका रूपमा निकै उपयोगी हुन्छ भन्ने हामी प्राय धेरैले थाहा नहोला । ल्वाङमा कार्बोहाइड्रेड, प्रोटिन, बोसो जस्ता तत्व हुने गर्छ साथै ल्वाङमा खनिज पदार्थ, क्यालसियम, फास्फोरस, आइरन, सोडियम, पोटासियम, भिटामिन ए र सी पनि प्रचुर मात्रामा पाइन्छ । त्यसैले ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् ।

रुघाखोकीको ज्वरोमा : एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

खोकी : लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ ।

सास गनाउने : केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ ।

रुघा : रुघा लागेर नाक बन्द भएमा एउटा रुमालमा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ ।

छाती पोलेको : छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनुस् । ठीक हुन्छ ।

जोर्नी दुखेको : जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोलेको कम हुन्छ ।

Translate »