बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

 

नवीन गिरी / नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत सिम्ता गाउँपालिका ३ सुर्खेतका ७१ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २६ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९३ जनाको मृत्यु भएको छ ।

Translate »