सुर्खेतबाट अफगानिस्तान गएका नेपालीको विवरण संकलन कार्य शुरु

स्काई न्यूज / भदौं ३, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन कार्य शुरु गरेको छ । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थालाई मध्यनजर राखेर सुरक्षित उद्दार प्रयोजनका लागि नेपाल सरकारको निर्णय अनुसार जिल्लाबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयले सुर्खेतबाट अफगानिस्थान गएका व्यक्तिका परिवारलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।

ती परिवारले अफगानिस्तानमा रहेका आफन्तलाई सुरक्षित उद्दार गराउन यहीं भदौं १० गतेसम्म भित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरि विस्तृत विवरण उपलब्ध गराउनु पर्नेछ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतद्वारा हस्ताक्षरित सार्वजनिक सूचना विहीबार जारी गर्दै अफगानिस्तानमा रहेका सुर्खेतीहरुको सुरक्षित उद्दारका लागि विवरण संकलन कार्य जारी रहेकाले सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आग्रह गरिएको हो ।

अफगानिस्तानको काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा औपचारिक तथा अनौपचारिक माध्यमबाट धेरै नेपालीहरु कार्यरत रहेका छन् ।

Translate »