रुखबाट खसेर २ जनाको मृत्यु

टेकराज भण्डारी / अछाम । अछाममा घाँस काट्ने क्रममा खसेर २ जनाको ज्यान गएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनमा एक जना किशोरी र वडा नम्बर ५ मा पुरुषको घाँस काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो ।

वडा नम्बर ४ बाटुलासेनमा रुखबाट घाँस काट्ने क्रममा १७ बर्षीया किशोरी लक्ष्मी विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाटुलासेनको हुडेतोलाकी विक सोमबार घाँस काट्नका लागि घरबाट गएकी र बिहानसम्म पनि नफर्के पछि खोजी गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले बताएका छन् ।

यसै गरी वडा नम्बर ५ रामारोशनको मैठामाडु निवासी ६५ बर्षीया जोगि बटालाको पनि रुखको घाँस काट्ने क्रममा नै खसेर ज्यान गएको छ ।

स्थानीय जोशिला साउँदका अनुसार वडाको सालिमकोट भन्ने स्थानमा भैँसीलाई घाँस काट्न गएका उनको रुखबाट खसेर घटना स्थलमै ज्यान गएको हो ।

पछिल्लो समय अछाम जिल्लामा बर्षायामको समयमा विभिन्न खालका घटनामा वृद्धि भएका छन् । ग्रामीण भेगमा प्राय गाई बस्तु चराउन जाँदा र घाँस काट्ने क्रममा भिर, रुखबाट चिप्लिएर अकालमा ज्यान गुमाउनको सङ्ख्या बढिरहेको छ । (रेडियो नेपाल)

Translate »