बाँकेमा कोरोनाबाट दुई जनाको मृत्यु

नवीन गिरी / नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ बाँकेका

४३ वर्षीय पुरुष र कैलालीको टिकापुर नगरपालिका ८ की ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२४ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८७ जनाको मृत्यु भएको छ ।

 

Translate »