बिहीवार बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

साउन २८, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ४०० ले घटेको सुनको भाउ बिहीवार रू. ६०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजार ८०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ६०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ९५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ३५० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला रू. १ हजार १९० मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

Translate »