लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

साउन २७, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

उनले बुधवार प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै  प्रदेश प्रमुख समक्षा राजीनामा दिएका हुन् ।  उनी  प्रदेश सभामा अल्पतमा परेका थिए ।

विपक्षी गठबन्धनमा ४१ जना सांसद छन् भने उनको पक्षमा एमालेका ३८ सांसद मात्र छन्। प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै उनले राजीनामा दिएका हुन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई  मुख्यमन्त्रीका बनाउने तयारी गरिरहेको छ ।

Translate »