विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए कुलमान घिसिङ

साउन २७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा अन्तत : कुलमान घिसिङ नियुक्त भएका छन् ।

गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

गत भदौ महीनामा चार वर्षे कार्यकाल पुरा गरी विदा भएका उनलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी दवाव हुँदा पनि गरेका थिएनन् ।

प्रधानमन्त्री कार्यालयबाट नियुक्त पत्र लिएपश्चात बुधवारनै उनले नेपाल विद्युत प्राधिकरणमा गई पदबहाली गर्ने छन्।

मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशक भएपछि प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।अब शाक्यले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी  त्यहाँ कार्य गर्ने स्रोतले बताएको छ ।

Translate »