आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गरेको छ : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका नेता समेत रहेका ‌ओलीले सरकारले केही नगरेको भन्दा पनि आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका हुन् ।

उनले विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको बताए । उनले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताए ।

Translate »