बिरामी बोकेको स्कारपियाे दुर्घटना हुँदा ४ जना घाइते

टेकराज भण्डारी / अछाम । अछामबाट बिरामी बोकेर धनगढी गइरहेको स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

अछामबाट धनगढी गइरहेको सु.प.प्र.०१ ००१ च २६५८ नम्बरको स्कारपियो कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेघारीमा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दुर्घटनामा घाइते भएका स्कारपियो चालक अछामको साफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथकाका गोपी धामीको अवस्था गम्भीर रहेको बताए ।

‘स्कारपियोमा सवार साँफेबगर नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय रमेश बुढाको अवस्था मध्यम रहेको छ भने सोही ठाउँका मुकुन्द रावल र धनकला रावलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

स्कारपियो आफैँ अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । घाइतेको धनगढीमा उपचार भइरहेको छ ।

 

Translate »