सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट नयाँ तलबमान स्वीकृत

काठमाडौं, साउन २५ गते । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै समुदायक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । (गोरखापत्र अनलाइन)

Translate »