बाँकेमा २३ जनामा कोरोना संक्रमण पुष्टि

नवीन गिरी/ नेपालगन्ज ।  बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म बाँकेमा १७ हजार ७ सय २५ जना संक्रमित भएका छन् ।

बर्दियाका १२ जना, बाँकेका ६ जना, दाङका २ जना तथा सल्यान, सुर्खेत र जाजरकोटका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल परीक्षणमा १९ जना र मेडिकल कलेज कोहलपुरमा ४ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

त्यस्तै, कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ३ सय २३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, आज ७ जना डिस्चार्ज भएका छन् ।  हालसम्म मध्ये १७ हजार २ सय ९३ जना निको भई डिस्चार्ज भएका छन् ।

जिल्लामा १२९ जना सक्रिय संक्रमित रहँदा ३० जना अस्पताल र आइसोलेसनमा छन् भने ११८ जना होम आइसोलेसनमा छन् ।

Translate »