अल कायदाको नामबाट इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की

नयाँ दिल्लीस्थित इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की प्राप्त भएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो ।

करणवीर सूरी उर्फ मोहम्मद जलाल र उनकी पत्नी शैली शारा उर्फ हसीना आइतबार सिंगापुरबाट भारत आइरहेका छन् । उनीहरु १ देखि ३ दिनमा विमानस्थलमा बम लगाउने तयारीमा छन् । डिआइजीका अनुसार हालै यिनै नाम र डिटेलसहित यस्तै धम्कीसहित सन्देश आएको थियो । यसलाई बम थ्रेट एसेस्मेन्ट कमिटीले नन स्पेसिफिक बताएको थियो ।
सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ । साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ । जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ ।

यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो । त्यतिबेला बैङ्गलुरुदेखि दिल्ली आउने विमान एक यात्रुले उक्त पर्चा भेटेका थिए । जसमा विमानमा बम भएको लेखिएको थियो । त्यस्तै, दिल्ली पुग्ने बित्तिकै विमानमा विस्फोट हुने उल्लेख थियो ।

विमान दिल्ली पुग्ने बित्तिकै बम डिस्पोजल स्क्वाडले जाँच गरे पनि बम फेला परेन ।

२० जुलाईदेखि राजधानीमा हाई अलर्ट जारी छ । जासुसी एजेन्सीहरुले १५ अगस्तअघि ड्रोनको माध्यमबाट आतङ्कवादी हमला हुन सक्ने बताएका छन् । (एजेन्सी)

Translate »