कक्षा १२ को परीक्षा स्थगित

साउन २३, काठमाडौँं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

शनिवार बसेको बोर्ड बैठकले आगामी साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण वृद्धि दर अझै रहेका कारण बोर्डले कक्षा १२को परीक्षा स्थगित गरेको हो ।

बोर्डले परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । साथै बोर्डले पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बताएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले  परीक्षा बोर्डलाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

Translate »