सुर्खेतमा अबैध तेलसहित ट्रक चालक पक्राउ

स्काई न्यूज साउन २०, सुर्खेत ।
सुर्खेत प्रहरीले अबैधरुपले मिनि ट्रकमा ल्याउँदै गरिएको खाने तेलसहित ट्रक चालकलाई पक्राउ गरेको छ । बुधबार बबई नाकामा खटिएको प्रहरी टोलीले दाङदेखि जाजरकोट जाँदै गरेको रा १ क–३७ नम्बरको मिनि ट्रकमा अबैधरुपले ल्याउँदै गरेको खाने तेलसहित चालक कञ्चनपुर सुक्लाफाँटा–५, का ३२ वर्षीय लोकबहादुर विकलाई पक्राउ गरेको हो ।

बबई चेकपोष्टमा खटिएको प्रहरीले चेकजाँचका क्रममा कानून सम्वतको भीसीटीएस विल नभएको पाईएपछि मिनि ट्रकसहित चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीमगरले राजश्व छलि गरि अबैधरुपले ल्याईएको करिब ३ लाख ९६ हजार मूल्यको खाने तेल, मिनि ट्रकसँगै चालक विकलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको जानकारी दिए ।

 

Translate »