सुर्खेतमा ब्राउन सुगरसहित दुई जना पक्राउ

स्काई न्यूज साउन २०, सुर्खेत ।
सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई वीरेन्द्रनगरको औद्योगिक क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीले बुधबार दिउँसो वीरेन्द्रनगर–१२, औद्योगिक क्षेत्रतीर जाने कच्ची बाटोमा शंकाष्पद तरिकाले हिडिरहेका जुम्लाको तिला गाउँपालिका–५, स्थायी घर भई हाल वीरेन्द्रनगरमा डेरा गरि बस्ने १८ वर्षीय कालिबहादुर शाही र २१ वर्षीय खिमराज शाहीको शरीर चेकजाँचका क्रममा लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरका अनुसार उनीहरुको साथबाट २९० मिलिग्राम ब्राउनसुगर, २ हजार ४ सय ५० रुपैयाँ नगदसँगै दुई थान मोबाईल बरामद भएको छ । ब्राउनसुगरसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

Translate »