एनएमबि बैंकको नयाँ बचत योजना

एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै विशेष सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएसमार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएपनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक ‘द बैंक अफ दि इयर’ बाट सम्मानित भएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आएको जनाएको छ । (कारोबार)

Translate »