सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ

स्काई न्यूज / साउन १८, सुर्खेत ।
सुर्खेत प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बेलुका वीरेन्द्रनगर–१ सोलीघोप्टेबाट २१ ग्राम ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१, का २० वर्षीय हिमाल थापा र वीरेन्द्रनगर–२, भुरेलीका मनबहादुर बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख (प्रहरी उपरीक्षक) पदमबहादुर विष्टले नियमित गस्ती रहेको रहेको प्रहरी टोलीले सोलीघोप्टेमा शंकास्पद तरिकाले गुडिरहेको भे ७ प– ५५७५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा दुई पुडिया ब्राउनसुगरसहित थापा र बुढालाई पक्राउ गरिएको जनाए ।

उनका अनुसार पक्राउ परेकामाथि थप सोधपुछपछि शंका लागेपछि घर खानतलासी गर्दा थप ब्राउनसुगर बरामद भएको हो । ‘थापाले बयानका क्रममा ब्राउनसुगर आफ्नो नभई बुढाले राख्न दिएको बताएपछि बुढालाई समेत पक्राउ गरेर अनुसन्धान अगाडी बढाईएको उनको भनाइ छ ।

Translate »