पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार १२५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ। कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ।

उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ। हाल २८ हजार ४०५ जना होम आइसोलेसन र ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा छन्। ३६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। (स्वास्थ्य खबर)

Translate »