लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन विपक्षी दलहरुको आग्रह

छवि पाण्डे / साउन ,१८ बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसंग आग्रह गरेका छन ।
सोमवार लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर दलका सांसदहरुले १६८ को २ अनुसार नयाँ सरकार गठन गर्न समावेदनसहित माग गरेका हुन ।

गठवन्धनले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न माग गरेका हुन् ।
विपक्षी गठवन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्य मान्यता, विधि अनुसार सरकार गठन नभएकाले संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउनु माग गरेका हुन ।
लुम्विनी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले संविधानको १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न माग गरेका छन्।
प्रदेश सभामा विपक्षी गठवन्धनमा रहेका ४१ सांसदले हस्ताक्षर गरेको पत्र समेत बुझाइएको छ । (गोरखापत्र)

 

Translate »