प्रहरीको परीक्षामा दुई नक्कली प्रशिक्षार्थी पक्राउ

स्काई न्यूज / साउन १६, सुर्खेत
सुर्खेतमा प्रहरी जवानको अन्तरवार्ता परीक्षा दिन आएका सक्कली र नक्कली प्रशिक्षार्थी पक्राउ गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले आयोजना गरेको प्रहरी जवान (जनपद) पदको अन्तरवार्ता परीक्षामा सहभागि हुन आएका दैलेखको भगवतीमाई गाउँपालिका–२, वेस्तडाका २२ वर्षीय रोशन शाहीले आफ्नो सट्टामा सोही ठाउँका २३ वर्षीय लोबन शाहीलाई परीक्षा दिलाउन लगाएको पाईएपछि कृते कार्यमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका ती युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको । लिखित परीक्षा उर्तीण गरिसकेका रोशन शाहीले अन्तवार्तामा शंकाष्पद कुरा गरेपछि लेख्न लगाउँदा लेख्न नसकेपछि सोधपुछको क्रममा कृते भएको पाईएपछि सक्कली र नक्कली दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार रोशन शाहीले आफ्नो सट्टामा लोक सेवा आयोगले लिएको प्रहरी जवान पदको लिखित परीक्षा उर्तीण गराउन लोमन शाहीलाई एक लाख रुपैयाँ दिएर पास भएको समेत खुल्न आएको छ । पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उनको भनाई छ ।

Translate »