लाटीकोईली स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा

स्काई न्यूज /साउन १३, सुर्खेत ।
कर्णालीका कतिपय जिल्ला स्थित अस्पतालमा विशेषज्ञ सेवा पु¥याउन कठिनाई भईरहेका बेला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ नम्वर वडा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याईएको छ । लाटिकोइली स्वास्थ्य चौकीमा बुधबार एक औपचारिक कार्यक्रमका वीच विशेषज्ञ डाक्टरको सेवासहित ईसिजि र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको हो । हाल लाटिकोइलीमा दुई जना विशेषज्ञ डाक्टरबाट निःशुल्क सञ्चालनमा ल्याईएको छ ।

लाटीकोइलीमा नै जन्मेका हाडजोर्नी रोग बिशेषज्ञ डा.शुभ श्रेष्ठ र उनकी धर्मपत्नी डा. कृतिका श्रेष्ठले लाटिकोइली स्वास्थ्य चौकीमा आफ्नो विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराउने छन् । सेवा उद्घाटन कार्यक्रममा कानून विज्ञ वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धरले स्वास्थ्य मौलिक हक भएपनि धेरै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाईरहेका बेला लाटिकोइलीका बासिन्दालाई घरदैलोमै विशेषज्ञ डाक्टरको सेवा पाउन सौभाग्य भएको बताए । उनले घरदैलोमै विशेषज्ञ सेवा उपलब्ध भएपछि अब लाटिकोइलीका नागरिकलाई सानातिना उपचारका लागि पनि बजार जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

अर्का अधिवक्त ध्रुवकुमार श्रेष्ठले लाटिकोइली स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि आफुले हरेक स्तरबाट सहयोग गर्ने जनाए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख देवकुमार सुवेदीले न्यून स्रोत साधान र दक्ष जनशक्ति अभाव रहेको लाटिकोइली स्वास्थ्य चौकीबाट माथिल्लो तहको गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखिनै स्वास्थ्य सेवालाई पहिलो प्रथामिकतामा राखेर कार्य गरिरहेकाले लाटिकोइली स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि प्रयासरत रहेको बताईन् ।

वीनपा–९, नम्वर वडाध्यक्ष सुरेश मान्नधरले हाल हाडजोर्नी विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापा, रेडियोलोजिष्ट विशेषज्ञ डाक्टर डीवी गुरुडले प्रत्येक हप्ता निशुल्क सेवा दिने र निकट भविष्यमा नै जनरल फिजिशियनसँगै छाला रोग बिशेषज्ञद्वारा सेवा उपलब्ध गराईने जानकारी दिए । कार्यक्रममा निःशुल्क चिकित्सकिय सेवा प्रदान गर्ने स्त्री रोग विषेशज्ञ डा. कृतिका थापालाई सम्मान गरिएको थियो ।

Translate »