यी ६ फूलमा लुकेको छ स्वास्थ्यको खजाना

तपाईं–हाम्रो घर आँगनमा कतिथरी फूल छन् । गुलाब, सायपत्री, चमेली लगायत अनगिन्ती । घरको शोभा हो, फूल । घरलाई आकर्षक देखाउनका लागि बार्दली, बगैंचामा फूल रोप्ने गरिन्छ । साथसाथै घरभित्र पनि फूल–विरुवा रोप्ने चलन छ ।

फूल देख्नसाथ हामी त्यसप्रति मोहित हुन्छौं । प्रकृतिको अनमोल देन हो यो । फूलसँग सौन्दर्य र सुगन्ध मात्र हुँदैन, औषधीय गुण पनि हुन्छ ।

ढकमक्क फक्रिएका फूलहरु देख्दा तपाईंलाई कस्तो हुन्छ ? त्यो भावनालाई तपाईं शब्दमा वायन गर्न सक्नुहुन्न । फूलहरुले स्वभाविक रुपमा हामीलाई खुसी र उमंग दिन्छ । जब ढकमक्क फूलहरु देख्छौं, हामी आफैलाई भुलेर त्यसमा रमाउन थाल्छौं । यसैको खातिर त हामी आफ्नो घर आसपासमा फूलहरु रोप्छौं ।

फूलको वखान यतिमा मात्र सकिदैन । फूल हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । मनलाई उमंगित बनाउन मात्र होइन, शरीरका आवरणलाई सुन्दर बनाउन पनि फूल उपयोगी हुन्छ ।

प्रकृतिको मोहक रचना हो, फूल । अनि घरको शोभा पनि । फूलले हामीसँग खुसी र उमंग मात्र साट्दैन, स्वास्थ्य लाभ पनि दिलाउँछ । मन्दिरमा चढाउन होस् वा ओखतीको रुपमा प्रयोग गर्न, फूल उपयोगी हुन्छ ।

धेरै फूल यस्ता हुन्छन्, जहाँ स्वास्थ्य र सौन्दर्यको खजना लुकेको हुन्छ । त्यसमा फाइबर, क्याल्शियम, प्रोटिन, मिनरल्सको भण्डार हुन्छ, जसको जरुरी शरीरलाई हुन्छ ।

सायपत्री

सायपत्रीसँग त हाम्रो भावनात्मक सम्बन्ध नै छ । जसै ढकमक्क सायपत्री फूल देख्छौं, हामीलाई तिहारको सम्झना हुन्छ । यसको सुगन्धले पनि हामीलाई तिहारको याद दिलाउँछ ।

दशैं–तिहारको छेकमा घर आँगन र बारीको कान्लाभरी सायपत्री ढकमक्क देखिन्छ । यो फूलले हामीलाई यसै लोभ्याउँछ । यो फूल औषधिय गुणले पनि भरिपूर्ण हुन्छ । गाउँघरमा यो फूल टिपेर सुकाउने पनि गरिन्छ । यसलाई लामो समय राखेर प्रयोग गर्न सकिन्छ । घाँटी दुखेको अवस्थामा सायपत्री फूल चपाउन दिइन्छ ।

साथै यसलाई तुलसीको पातसँग मिसाएर पेस्ट तयार गर्न सकिन्छ । छालाको रोग निको बनाउन यो पेस्ट उपयोगी हुन्छ ।

गुराँस

गुराँससँग पनि हाम्रो भावनात्मक नाता छ । खासगरी लाली गुराँस हाम्रो राष्ट्रिय फूल । नेपालको मध्यपहाडी बनपाखामा जताततै गुराँस पाइन्छ । चैत–वैशाखमा फूल्ने गुराँसले बनपाखा नै रमाइलो देखिन्छ । गुराँस थरीथरीका हुन्छन् । त्यसमध्ये पनि गुलावी र सेतो रंगको गुराँसमा औषधीय गुण हुने बताइन्छ ।

यसलाई सुकाएर लामो समयसम्म राख्न एवं प्रयोग गर्न सकिन्छ । गुराँसको फूलबाट विभिन्न पेय पनि तयार गर्न सकिन्छ । रक्तचाप कम गर्नदेखि रगतको मात्रा बढाउन समेत यसको सेवन गर्न सकिन्छ ।

गुलाब

धेरैको प्रिय फूल हो गुलाब । अधिकांशको घरमा गुलाब रोपिएको हुन्छ । गुलाब पनि थरीथरीका हुन्छन् । गुलाबको गुण त धेरैलाई थाहा नै छ । खासगरी अनुहारको सुन्दरताको लागि गुलाबको प्रयोग गरिन्छ । गुलाब जल बनाएर अनुहारमा लगाउँदा त्यसले छालामा चमक ल्याउने र मुलायम बनाउने गर्छ । विभिन्न सौन्दर्य प्रशाधनमा पनि गुलाब जल प्रयोग गरिन्छ । आँखाको जलन वा छालाको संक्रमण कम गर्न पनि गुलाब प्रयोग गर्न सकिन्छ । गुलाबको फूलबाट सर्वत बनाएर पनि पिउन सकिन्छ ।

जवा कुसुम

यो पनि सर्वप्रिय फूल हो । कसैले यसले घण्टी फूल पनि भन्छ । यस फूलको विशेषता के भने जुनसुकै ऋतुमा पनि यो ढकमक्क फूल्छ । जवा कुसुम रातो, गुलाबी, पहेंलो, सेतो, बैजनी थरीथरी रंगमा फूल्छ । यो फूल हेर्दा जति सुन्दर हुन्छ, उत्तिनै औषधीय गुणले भरपुर पनि

जवा कुसुमले कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप आदि नियन्त्रणका लागि सहयोग गर्छ । यो भिटामिन सि, क्याल्सियम, आइरनको स्रोत हो ।

बेली

यो निकै सुन्दर फूल हो । गर्मीको याममा फूलने यो एकदमै सुगन्धित फूल हो । यो फूलले छालाको चमक बढाउन र छालाई सुगन्धित बनाउन उपयोग गरिन्छ । नुहाएको बेला यसलाई पानीमा मिसाउने गरिन्छ ।

चमेली

अत्यान्तै सुगन्धित फूल हो चमेली । यो फूल हेर्दा जति लोभलाग्दो हुन्छ, उत्तिनै गुणी पनि । चमेली फूलबाट बनाइएको तेलले छालाको रोग, दाँतको रोग, घाँउ खटिरा आदि निको बनाउँछ । छाला र कपालको सौन्दर्यका लागि पनि चमेली निकै उपयोगी हुन्छ ।(

अत्यान्तै सुगन्धित फूल हो चमेली । यो फूल हेर्दा जति लोभलाग्दो हुन्छ, उत्तिनै गुणी पनि । चमेली फूलबाट बनाइएको तेलले छालाको रोग, दाँतको रोग, घाँउ खटिरा आदि निको बनाउँछ । छाला र कपालको सौन्दर्यका लागि पनि चमेली निकै उपयोगी हुन्छ ।(अनलाइनखबर)

Translate »