सल्यानमा हालसम्म झन्डै तीन हजार संक्रमित, ५३ को मृत्यु

दीपक शर्मा/ सल्यान । चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण सल्यानमा २०७८ असारसम्म दुई हजार ८ सय ९० जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।

सुरुमा जिल्लामा २०७६ साल चैत १७ गते एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता सङ्क्रमितको सङ्ख्यामा उतारचढाव हुँदै आइरहेको छ ।

असार मसान्तसम्म ११ हजार ५ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ३२ र ४ हजार ३ सय ३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार पहिलो चरणको कोरोना भन्दा दोस्रो लहरका रुपमा फैलिएको कोरोनाबाट धेरै मानिस संक्रमित भएका छन् ।

पहिलो चरणमा ७ सय ५४ जना मात्र संक्रमित भएकोमा दोस्रो लहरमा भने २ हजार २ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए।

पहिलो चरणको कोरोनाबाट जिल्लामा १ जनाको मात्र मृत्यु भएकोमा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ ।

असार मसान्तसम्म २ सय ७ सय ३८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० रहेको छ । जसमा सल्यान अस्पतालमा ४, संस्थागत आइसोलेसनमा ८ र होम आइसोलेसनमा ८८ जना रहेको सूचना अधिकारी डिसीले बताए ।(रेडियो नेपाल)

Translate »