आधा शताब्दी वित्दा समेत ट्¥याक खुलेन

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक

आकाश तारा बयक / साउन ७, सुर्खेत ।
‘विकास गाडी चढेर आउँछ ।’ जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन् । अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन शुरु हुन्छ । सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने विकासविद्हरुको बुझाइ छ । सामाजिक–आर्थिक विकासको पूर्वशर्त नै पूर्वाधार विकास हो अनि सडकचाहिँ पूर्वाधार विकासको पनि पूर्वाधार हो । सडकले विकास ल्याउँछ भन्ने भनाइले सडक बनेसँगै सबै पूर्वाधार बन्न थाल्नेमा दुई मत छैन । सन २१०० सालसम्ममा नेपाल समुन्नत राष्ट्रको स्तरमा पु¥याउने दीर्घकालीन सोच राखी सोही मार्गचित्रका आधारमा नेपालको विकास हुँदैछ । यसका लागि सडक सञ्जालको भूमिका अहंम देखिन्छ । तर निर्माण कार्य शुरु भएको आधा शताब्दी वितिसक्दा समेत कैलालीको चिसापानी–सुर्खेतको गुटुहुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्¥याक अहिलेसम्म खुल्न सकेको छैन । २०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक राजनीतिक ईच्छाशक्तिको अभावमा ५० वर्ष वितिसक्दा समेत सडक बन्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० वर्ष पहिले नै सडक पुगि सकेको भएपनि सुर्खेतको गुटुदेखि करिब १५ किलोमिटर ट्¥याकमात्र खुल्न बाँकी छ । यो व्यापारिक दृष्टिकोणले ऐतिहासिक रणनीतिक महत्व बोकेको सडक हो । विसं २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरिप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पु¥याएको यहि बाटो थियो । गाउँ–गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ५३ वर्ष अघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो । सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाईएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो । चिसापानीबाट करिव एक सय १० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुग्न सकेको छैन । यो सडक निर्माण शुरु भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भएका छन् । त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भैसक्दा पनि सडकको ट्¥याक नै नखुल्नु विडम्बना हो । त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन् । ‘चिसापानी–गुटु–मंगलसेन फास्ट ट¥याक’ बाटो आयोजना नाम दिईएको यो सडक अहिले नेताहरुको भाषणमा समेत आउँदैन् । यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका नागरिकले हाट (पिठ्यूमा नुन बोकेर ल्याउन) जाने बाटो समेत हो । ५३ वर्ष पहिले गाडी लगेको सडकको अहिलेसम्म ट्¥याक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय भन्दा हरिप्रसादका आफन्तहरु बढी दुःखित छन् । यो सडकका लागि नियमित टुक्रे बजेट विनियोजन भएपनि सही सदुपयोग भने हुन सकेको छैन । सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउनु पर्ने स्थानीय सरोकारवाला बताउँछन् । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतबाट छुट्याईएको बजेट सही ठाउँमा खर्च नभएको बताए । ‘पहिलो काम भनेको गुटु–जंगलघाट ट्¥याक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सही सदुपयोग हुन नसकेको हो,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरुले समेत चासो नै नदिने र सुर्खेत कैलाली तर्फकाले आफ्नैतिर बजेट खर्च गर्नाले यस तर्फ राज्यले ध्यान दिन सकेको छैन ।’ सुर्खेतबाट प्रतिनिधित्व गर्ने निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई छिटो बनाउन संसदमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले संघीय संसदमा कुरा उठाए पनि प्रदेश सरकारले समेत आफ्नो बजेटमा उक्त सडकखण्डलाई समिट्नु पर्ने आवश्यक रहेको औल्याए । तर, अहिले पनि आफ्नो स्तरबाट निरन्तर सडक निर्माणका लागि प्रयास जारी राखेको उनको भनाइ छ ।

तराई–पहाड जोड्ने छोटो मार्ग
तराई र पहाडका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामा समेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो । अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३ सय ९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दुरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गईरहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ । उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने जनाए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुने छ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए पश्चिम सुर्खेतको विकासमा ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए । उनका अनुसार यो सडक भन्दा पछि कल्पना गरिएको १४५ किलोमिटर लामो कर्णाली करिडोर हिल्सा–सिमिकोट–सलिसल्ला सडक सम्पन्न भइसकेको छ । दिगो विकासका लागि सबैभन्दा प्रभावकारी जग भनेकै सडक हो । झन्डै १ लाख किलोमिटर सडक सञ्जाल भइसक्दा पनि नेपालमा अझै उक्त त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन सडक बन्न सकेको छैन ।

त्रि–देशीय सडक ओझेलमा
नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वषौंदेखि अन्यौलमा छ । राजनीति ईच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी, सुर्खेतको घाटगाउँ–गुुटु–मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो । बर्षेनी टुक्रे बजेट यो रुटमा परेपनि त्यो हात्तीमुखमा जिरा जस्तै हुने गरेको छ । यद्यपि ! यो सडक सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब १५ किलोमिटर बाँकी छ । यस क्षेत्रका बासिन्दाले करिब पाँच दशकदेखि व्यापारिक महत्वको त्रि–देशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आईरहेका छन् । कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भैसकेको छ । चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटु हुँदै मंगलसेन जोड्ने ट्¥याक निर्माण गरिनुपर्ने बताउनु भयो । भारतलाई सडक सञ्जालबाट चीनसंग जोड्न यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि टुक्रे बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझै ट्¥याक विस्तार हुन सकेको छैन् । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यूज बजेट विनियोजन गरेको छ । कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे चार सय मिटर लामो मोटरेवल पुल निर्माणको अन्तिम प्रक्रियामा रहेको छ । त्रि–देशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न समेत माग राख्दै आएपनि राजनीति ईच्छाशक्तिको अभावमा काम अघि बढ्न सकेको छैन् । फेरीपनि नागरिक स्तरबाट कतरनिया–सती सुख्खा बन्दरगाह स्थापनाको प्रयास निरन्तर जारी राखिएको छ ।

Translate »