फेरि बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित

साउन ५,काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण गर्दा दुई हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर एक हजार ५९५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५९२ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।(स्वास्थ्य खबर)

Translate »