उच्च अदालतद्वारा ६४ प्रतिशत मुद्दा फर्छ्योट

सुर्खेत। उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७र७८ मा ६४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात् ६४ प्रतिशत मुद्दा फर्छ्योट गरेको उच्च अदालतले जनाएको छ ।

अदालतका अनुसार आव २०७५र७६ मा दर्ता भएका ४७९ थान मुद्दामध्ये ८३.०२ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो । सोही वर्ष ८८ थान मुद्दा आव २०७६र७७ मा सरेका थिए । आव २०७६र७७ मा भने ३२१ अर्थात् ५२.२८ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो । बाँकी २९३ मुद्दा भने आव २०७७र७८ मा सरेका थिए । गत आवमा मुद्दातर्फ ६६३ र रिटतर्फ ७० गरी ७३३ थान मुद्दा दर्ता थिए ।

अदालतका उपरजिस्ट्रार सरोजनिधि वाग्लेले दुई वर्ष अवधि नाघेका मुद्दाहरू नरहेको जानकारी दिनुभयो । दुई सय ६५ थान मुद्दा फर्छ्योट गर्न बाँकी रहेको बताइएको छ । अदालतले ज्यानसम्बन्धी मुद्दामा ३२ सहित अघिल्लो वर्षमा सरेका मुद्दासहित ८७ थान, जबरजस्ती करणीका ६८ दर्ता भएकामा ४५ र सम्बन्ध विच्छेदतर्फ १६ मध्ये नौ थान मुद्दा फैसला गरेको छ । त्यस्तै एक बन्दी प्रत्यक्षीकरण र अन्य उत्प्रेषण परमादेशलगायत ४९ थान दर्ता भएकामा अघिल्लो आवको २१ थान जिम्मेवारी सरी ७० रिटमध्ये ४९ थान फैसला भएको उपरजिस्ट्रार वाग्लेले बताए ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीले मुद्दाहरुलाई समयमै किनारा लगाउन, नागरिकलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्न फैसला समयावधिमा विशेष ख्याल गरिएको बताए । अदालतप्रतिको जनआस्था अभिवृद्धि गर्न छरितो फैसला नीति लिएको उनको भनाइ छ । अर्का न्यायाधीश राजेन्द्र खरेलले अदालतका कामकारबाही जनताले थाहा पाउन जरुरी रहेको भन्दै उच्च अदालतले जनतालाई न्यायिक प्रणालीसँग जोड्न ‘जनतासँग न्यायाधीश कार्यक्रम’ सञ्चालन गरिरहेको बताए ।(रेडियो नेपाल)

Translate »