बुधबार बकर ईदको सार्वजनिक विदा

साउन ४, काठमाडौं ।
नेपाल सरकारले बुधबार सार्वजनिक विदा दिने निणर्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको दिन साउन ६ गते विदा दिने निणर्य गरेको हो ।

यस अघि नेपाल मुस्लिम संघले बकर इदका दिन बिदाको माग राख्दै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको थियो ।

मुस्लिम धर्मावलम्बीहरुको माग अनुसार बकर इदको अवसरमा बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Translate »