प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) नै विश्वासको मत लिने भएका छन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

विश्वासकाे मत लिने सम्बन्धी सूचना संसद सचिवालयमा दर्ता गरेकाे सचेतक भुषालले देश सञ्चारलाई जानकारी दिइन्।

सर्वोच्च अदालतले असार २८ गते गरेको फैसला अनुसार संसद पुनर्स्थापना भई देउवा प्रधानमन्त्री बनेका हुन् । संसदको आठौँ अधिवेशन आइतबार सुरु हुँदैछ। दोस्रोपटक पुनर्स्थापनापछिको पहिलो बैठक बेलुका ४ बजे बस्ने छ।

सर्वोच्चको आदेश अनुसार संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदनको समर्थन चाहिन्छ।

विश्वासको मत जितेको अवस्थामा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने छ र चुनाव गर्ने छ ।

विश्वासको मत नपाएमा संसद विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले आउँदो माघसम्ममा चुनाव गराउनु पर्ने संवैधानिक जिम्मेवारी पाउने छ ।(देश सञ्चार)

Translate »