बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्रीको जिम्मा

असार २९, काठमाडौं । नेपाली कांग्रेसबाट बालकृष्ण खाँणले गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार बालकृष्ण खाँडलाई गृह मन्त्रालयको जिम्मेवारी दिने गरी शपथ गराउने हुनु भएको छ । त्यस्तै ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की अघिल्लो पटक पनि अर्थमन्त्री थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने भएका छन् । शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सहमति देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको स्रोतले बताएको छ । भुसालको मन्त्रालय भने टुंगो लागि नसकेको स्रोतले जानकारी दिएको छ ।

Translate »