सर्वोच्च अदालतको फैसला मान्छौं : निवर्तमान प्रधानमन्त्री

असार २९, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अपरान्ह देशवासीको नाममा संबोधन गर्दै सर्वोच्च अदालतको फैसला मान्ने बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘फैसला मानेर जान्छौं ।’ उहाँले आफू जनादेशबाट  नभई सर्वोच्चको परमादेशबाट बाहिरिन लागेको बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेको
सन्दर्भमा उहाँले  देशबासीको नाममा सम्बोधन गर्नुभएको हो ।

Translate »