अझै तीन दिन भारी बर्षा

अझै ३ दिनसम्म मुलुकका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । माौसम पूर्वानुमान माहाशाखालेसोमबार रातिसम्म नै भारी वर्षा हुने बताएको छ ।
भारी वर्षा भए पनि तत्काल बाढीको खतरा नभएको बाढी पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार आईतबार दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको छ । आईतवार राती भने रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
सोमवार दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । सोमबार राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
बिपत व्यवस्थापन पोर्टलका अनुसार यो साता मात्रै बाढीबाट ७ जाना र पहिरोबाट ७ जानाको मृत्यु भइसकेको छ । (कारोबार)

Translate »