एमाले कार्यदलको बैठक साँझ ७ बजे पुनः बस्ने

विद्याप्रसाद उपाध्याय/ काठमाडौँ । पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि गठित नेकपा एमाले कार्यदलको बैठक साँझ ७ः०० बजे पुनः बस्ने भएको छ ।

आज अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा पार्टी एकताका पक्षमा दुवै तर्फका नेताहरू सकारात्मक रहेकोले थप आन्तरिक छलफल गर्न बैठक स्थगित भएको संस्थापन पक्षका संयोजक सुबास नेम्बाङले जानकारी दिए ।

नेता नेम्बाङले आन्तरिक छलफलपछि साँझ ७ः०० बजे बस्ने कार्यदलको बैठकले पार्टीलाई एकताबद्ध भएको घोषणा गर्ने विश्वास व्यक्त गरे।

Translate »