कालीकोटमा जिप दुर्घटना: एक जनाको मृत्यु , चार घाइते

सुर्खेत । कालीकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

रास्कोटबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिका स्थित लालिघाटमा दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका – ३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।

दुर्घटनाका घाइते ४ जनाको अवस्था सामान्य रहेको र उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको चन्दल बताए ।

गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । (रेडियो नेपाल)

Translate »