थप २२९९ जनामा कोरोना संक्रमण,३४ को मृत्यु

असार १८, काठमाडौं । विगत २४ घण्टामा नेपालमा २ हजार २९९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ जना र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना  कुल २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रवार उक्त संख्यामा संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ ।  नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

उक्त अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ४५१ रहेको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९ हजार १७९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल १० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले बताएको छ ।

Translate »