अवैध सुन र दस लाखको चेकसहित तीन जना पक्राउ

जगत साउद/ कैलाली । कैलालीको अत्तरिया बजारबाट प्रहरीले आज अवैध सुन, नगद तथा १० लाखको चेकसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका ४ का सचिन सोव, वडा नं ३ का दीपेन्द्र विक र डडेलधुराको अमरगढी नगरपालिका ५ का सुरज घतानेलाई पक्राउ गरिएको र उनीहरूबाट १ सय ८७ ग्राम ८८० मिलिग्राम सुन, ४ हजार नगद, १० लाखको चेक र मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये सोव धनगढी स्थित ओम सुनचाँदी पसलका सञ्चालक रहेको बताइएको छ ।

बरामद सामानसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीको भनाई छ ।

Translate »