१८ टन जुम्ली ‘मार्सी सिमी र कोदो’ क्यानडा निर्यात

सागर परियार / जुम्ला । पहिलो पटक ठुलो मात्रामा जुम्ली मार्सी धानको चामल, सिमी र कोदो अन्तर्राष्ट्रिय बजार क्यानडा निर्यात भएको छ । कोरोना कहरका बीच पनि आइतबार नेपालबाट १८ टन जुम्ली मार्सी, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो ।

कर्णाली सेफ एण्ड सुपरफुड इन्ड्रस्ट्रीजका कार्यकारी प्रमुख राज शाहीले क्यानडा स्थित (लायम फुड कर्पोरेसन ओन्टारियो टोरान्टो) कम्पनीका प्रमुख डा.पूर्ण कँडेलको समन्वयमा जुम्ली मार्सी सिमी र कोदो निर्यात गरिएको छ ।

जसमा १४ टन मार्सी चामल, ४ टन सिमीको दाल र १ टन कोदो निर्यात भएको कर्णाली सेफ एण्ड सुपरफुड इन्ड्रस्ट्रीजका कार्यकारी प्रमुख राज शाहीले बताए । उनले भने,“नेपाली राष्ट्रिय झण्डा अङ्कित सहित १८ टन अर्ग्यानिक बस्तु कोरोना कहरका बीच निर्यात भएको छ । लेवलिङ र प्याकेजीङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्था गरेको हो ।”

करिब ५५ दिनमा क्यानडा पुग्ने अनुमान गरिएको छ । शाहीले थप्ए, “आइतबार नेपालबाट हिँडेको कन्टेनर ४र५ दिनमा भारतको कलकत्ता बन्दरगाह पुग्ने छ । कलकत्ताबाट चाडै स्वीकृति दिएपछि श्रीलङ्काको कोलम्बो हुदैं क्यानडा पुग्ने भएको छ ।”

जुम्लाको सिञ्जा क्षेत्रबाट १३ टन र तातोपानी गाउँपालिका ४ गिँडी खोलाबाट १ टन मार्सी, काठमाडौँ पुगेको थियो । जुम्ली अर्ग्यानिक घरले मार्सी सिमी र कोदो काठमाडौँ पठाएको हो । करिब ५२ लाख बराबरको कृषि बस्तु निर्यात भएकोमा ८÷९ लाख कन्टेनर भाडा लाग्ने र बाँकी रकम जुम्ली किसानले पाउने छन् ।

स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायक मानिने जुम्लाको मार्सी चामल,सिमी,कोदो लगायत अन्य कृषि बस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गए पनि माग अनुसारको उत्पादन हुन सकेको छैन ।

पहिलो पटक ठुलो परिणाममा जुम्ली मार्सी चामल, सिमी,कोदो लगायतको जुम्ली कृषि बस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात भएपछि जुम्ली किसानले समेत गर्भ गरेका छन् । विगतमा नेपालको बास्मति चामल लिएर बेच्ने क्यानडाको लायम फुड कर्पोरेसन ओन्टारियो टोरान्टो कम्पनीले यस वर्ष जुम्ली मार्सी सिमीको माग गरेको थियो ।

गएको फागुन महिनामै निर्यात गर्ने तयारी भए पनि कोरोना प्रक्रिया नमिलेको र पछि कोरोनाले ढिलाइ भए पनि आइतबार नेपाली झण्डा फरफराउँदै जुम्ली अर्ग्यानिक बस्तु क्यानडा निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सीको बजारीकरण गर्नुका साथै आर्थिक आम्दानी हुने,किसानको जीवनस्तर उकास्ने सँगै समग्र कृषि प्रधान देशको रुपमा ने(लायम फुड कर्पोरेसन)का प्रमुख डाक्टर पूर्ण कँडेलले जुम्लाको चर्चित ब्रान्ड मार्सीको स्वाद विश्व बजारमा चखाउने र बजार प्रवर्द्धन गर्ने भए पनि पहिलो पटक यति ठुलो मात्रामा कृषि बस्तु पठाइएको हो । यसले कर्णालीको कृषि प्रवर्द्धन सँगै आर्थिक विकासमा टेवा पुग्ने आशा गरिएको छ ।

कृषिबाटै कर्णालीको समृद्धि छ । कृषिमा लगानी बढाउनुहोस् भन्दै सरकार सँग माग गर्दै काठमाडौँ बसेर जुम्ली कृषि बस्तुको बजारीकरण र प्रवर्द्धन गरिरहेका राज शाहीको कदमलाई जुम्ली किसानले प्रशंसा गरेका छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमीको माग बढ्दै गएपछि यसको लोकप्रियता सँगै खेतीमा पनि आकर्षण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

साथै, विश्व बजारमा जुम्ली मार्सीको माग बढेसँगै तत्काल अष्टेलियाबाट माग आएको छ । अबको ५र६ दिनमा अष्टेलियामा ५ टन मार्सी सिमी निर्यात गरिने भएको छ । भने, बाँकी २० टन आगामी अगस्ट महिनामा अष्टेलियामा पठाइने राज शाहीले बताए ।

 

Translate »