म्यूजिक भिडियोले बदलिएकी मलिका

निषेधाज्ञा हुनु भन्दा अगाडि सार्वजनिक भएका २ म्यूजिक भिडियोले नायिका मलिका महत्तको करिअर पुर्ण रुपमा बदलेको छ । नेपाली म्युजिक भिडियोमा रेकर्ड ब्रेक गर्ने गीतहरु उनको पोल्टामा छन् । यसले, डेब्यू चलचित्रबाट नै सफलताको स्वाद नचाखेकी यी नायिकालाई ठूलो राहत दियो ।

‘यात्रा’ चलचित्रपछि नयाँ प्रोजेक्ट रिलिज नभएपनि मलिकालाई दर्शकले विर्सन्छन् भन्ने चिन्ता छैन । ‘फूलबुट्टे सारी र टाढा भएपनि’ बोलका गीतले मलिकाको करिअरलाई नयाँ उचाइमा पुर्याएका छन् ।

‘आँखैमा आउने सपनी’ उनको अर्को हिट गीत हो । मेल भर्सनमा हिट भैसकेका यी तिन गीतका फिमेल भर्सनमा लिप्सिङ गर्न पाउनु पनि मलिकाका लागि ठूलो अवसर थियो । जसमा उनले सफलता प्राप्त गरिन् ।

उनै, मलिका म्यूजिक भिडियोमा महंगी मोडल समेत भैसकेकी छिन् । १ लाख हारहारीको पारिश्रमिक वुझ्ने मलिका आफूलाई चलचित्रकी नायिका नै भन्न रुचाउँछिन् ।

एक भिडियोको सार्वजनिक कार्यक्रममा कार्यक्रम संचालकले मोडल भन्दा मलिकाले आफूले २ चलचित्रमा काम गरिसकेको भनेर जवाफ दिएकी थिइन् ।

जेहोस्, केन्द्र मोसन पिक्चर्सको नयाँ चलचित्रमा काम गर्ने तयारीमा रहेकी र ‘पानी फोटो’को रिलिज प्रतिक्षा गरिरहेकी यी सुन्दरीलाई चलचित्रमा जम्ने चुनौती भने छ ।

तर, म्यूजिक भिडियोले मलिकालाई पूर्ण रुपमा बदलेको छ । अब, यो अवसरलाई उनले आगामी दिनमा कसरी सदुपयोग गर्न सक्छिन्, त्यो सबैका लागि प्रतिक्षाको बिषय बनेको छ ।(अनलाइन खबर)

Translate »