जाजरकोटमा दुई जनाको मृत्यु

बद्री पन्त/जाजरकोट । जाजरकोटमा दुई जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका १, कल्पतकी १९ बर्षिया अनिता पुनको बाख्रा चराउन गएको बेला घर नजिकैको कोइराल पाखाको भीरबाट लडेर मृत्यु भएको छ भने खोलामा दाउरा निकाल्न गएका बारेकोट गाउँपालिका ८ गोलखाराका ५३ वर्षीय कालीबहादुर रावलको नलगाड खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Translate »