पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन

स्काई न्यूज / असार ६, सुर्खेत ।
पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित विष्टको आज (आइतबार) बिहान निधन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । उनले निडर, साहसी र जनताको पक्षमा आवाज उठाउने नेताको रुपमा परिचित विष्टको निधनले अपूर्णनिय क्षति भएको बताए । उनका अनुसार पूर्व संविधान सभा सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विष्टको एक महिनाअघि कोरोना संक्रमित भएर अवस्था जटिल बनेपछि थप उपचारका लागि दुई हप्ताअघि सुर्खेतबाट काठमाडौं लगिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने (मालुझुल) निवासी विष्टको ६० वर्षको उमेरमा निधन भएको छ । विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर नेतृत्व गरेका थिए ।

Translate »