नदीमा दोहन, करोडौं मूल्यका निर्माण सामाग्री उत्खनन्

असार ५,बाँके ।
बाँकेको राप्ती नदीमा यतिबेला सरकारी मापदण्ड र नीति विपरित करोडौ मुल्यका निर्माणका सामग्री उत्खनन भैरहेका छन । यसले नदी दोहन हुने क्रम तीब् बढेको छ । जसका कारण आसपासको बस्ती जोखिममा देखिएको छ ।बाँके प्रशासन र प्रहरी तथा जनप्रतिनिधी उदासीन देखिएका छन । सीधै जोडिएर देखिने अनुहार मात्रै क्रसर व्यवसायमा छैनन् । निर्माण व्यवसायमा संलग्न धेरै जनप्रतिनिधि कुनै न कुनै रूपमा यो व्यवसायभित्र संलग्न छन् । स्थानीय तह, प्रदेश र संघीय संसदको प्रतिनिधिसभामा निर्माण व्यवसायीको बलियो प्रतिनिधित्व छ ।

यसले पनि नदीजन्य ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन र कारोबारलाई प्रश्रय दिएको छ । २०७३ सालदेखि मापदण्ड पूरा गर्न नसकेर बाँकेमा आधा दर्जनबढी क्रसर उद्योग दर्ता नवीकरण भएका छैनन् । तर, धमाधम चलिरहेकै छन् ।

अधिकांश क्रसर उद्योगले सरकारले तोकेको मापदण्ड पूरा नगरेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका महासचिव पुरुषोत्तम रेग्मी बताउँछन । कसैले पूरा गर्न नसक्ने मापदण्ड ल्याएपछि यसबाट पुराना व्यवसायी पलायन हुँदै जाँदा कालोधन भएकाहरू घुमाउरो रूपमा यो पेशामा आएका छन ।(खोज खबर)

Translate »